लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।

लोसपाले यसअघि पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। तर विश्वासको मत दिएर पनि प्रतिपक्षी बेञ्चमा बस्दै आएको लोसपाले आजदेखि सत्तापक्षको बेञ्चमा बस्ने निर्णयसमेत गरेको उक्त पार्टीका नेता शरदसिंह भण्डारीले जानकारी दिए।

नेता भण्डारीका अनुसार आज बसेको लोसपाका शीर्ष नेताहरुको बैठकले सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत दिने र आइतबारदेखि नै सत्ता बेञ्चमा बस्ने निर्णय गरेको हो।

- Advertisement -
Ad imageAd image
सरकारमा सहभागिताबारेमा भने अहिले लोसपाभित्र अन्योल छ। सोमबार विश्वासको मत दिइसकेपछि हुने मन्त्रिपरिषद् विस्तारबारे हुने छलफलमा आफूहरुले सरकारमा सहभागिताबारे निर्णय गर्ने भण्डारीले बताए।

यसअघि पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा लोसपा सरकारमा सहभागी हुने चर्चा चले पनि पछि सहभागी भएन। भण्डारीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि मात्रै यसबारे छलफल हुने भएकाले अहिले नै केही भन्न नसकिने बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्