काठमाडौं – चैतको सुरुवाती दुई कारोबार दिन लगातार घटेको सेयर बजार घट्ने क्रमले तेस्रो दिन पनि निरन्तरता पाएको छ । गत साताको ५ कारोबार दिन मध्ये चार दिन घटेको नेप्से आइतबार पनि एकल अंकको गिरावट भएर बन्द भएको छ ।
आइतबार बजार परिसूचक नेप्से ६.९० अंकले गिरावट हुँदा १९२६.४० अंकमा बन्द भएको छ । होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, व्यापारु र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित जिवन बीमा, उत्पादनमुलक, लघुवित्त लगायतका उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । आइतबार होटल तथा पर्यटन उपसूचक सर्वाधिक ०.८७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.२७ प्रतिशतले वृद्धि भएको छ ।
आइतबार बजारमा ३० हजार ७७५ वटा कारोबारमा ३१ लख ६३ हजार ३८९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक ६ करोड ११ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ५ लाख र एनआईसी एशिया बैंकको ४ करोडको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्