सुनको मूल्यले राख्यो हालसम्मकै उच्च रेकर्ड, तोलमा २९ सयले बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ– आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो । सुनको भाउ अझै बढ्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण  सुनको भाउ बढेको हो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

Array