चैत ६ गते विश्वासको मत लिन्छु, १० गतेभित्र सरकारलाई पूर्णता दिन्छु: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीनरचार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए ।

- Advertisement -
Ad imageAd image
प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताए ।

उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको चारदिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।’

प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्