उपराष्ट्रपतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनमतकी ममता झालाई भोट हाल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने भएको छ । आज पार्टी कार्यालयमा नेताहरुबीच भएको सरसल्लाहमा उक्त समझदारी भएको हो ।

रास्वपाले नयाँ पार्टी र महिला भएकाले ममतालाई रोजेको एक सांसदले जानकारी दिए । केही नेताहरूले मतदानमा सहभागी हुन नहुने मत राखेका थिए । तर, यसबाट अहिलेको पद्दति नै स्वीकार नगरेको सन्देश जाने भएकाले भोट हाल्ने निर्णय भएको हो । निर्वाचन आयोगको आचारसंहिताका कारण रास्वपाले यस विषयमा औपचारिक निर्णय भने लिएको छैन ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्