रोज्ने पालो अब हाम्रो हो, गृहसहित तीन मन्त्रालय लिएर सरकारमा जान्छौं: उपाध्यक्ष पाण्डे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले तीन वटा मन्त्रालयमा आफ्नो पार्टीको दावी रहने बताएका छन् । संसद् भवनमा आज पत्रकारसँग कुरा गर्दै पाण्डेले अब रोज्ने पालो आफ्नो पार्टीको रहेको र स्वभाविक रुपमा तीन मन्त्रालयमा दावी रहने बताएका हुन् ।

पाण्डेले भने, ‘कांग्रेसले राष्ट्रपति,जसपाले उपराष्ट्रपति, माओवादी केन्द्रले प्रधानमन्त्री प्राप्त गरेपछि हामी गठबन्धनभित्रको चौथो शक्ति भएका कारण दावी गरेका हौं । तीन मन्त्रालय नघट्ने गरी हाम्रो दावी रहन्छ । एक नम्बर ठानिएको मन्त्रालय लिन्छौं ।’ नेकपा एसले अर्थसहित तीन मन्त्रालय दावी गर्दै आएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्