मकवानपुरमा बस दुर्घटना हुँदा १४ घाइते, दुईको अवस्था गम्भीर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – मकवनापुरको मनहरी गाउँपालिक– ६ नयाँ बस्तिस्थित पूर्व–पश्चिम सडक खण्डमा बिहीबार अपराह्न यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी २०–२५ फिट तल बारीमा पल्टिँदा १४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यलयले जनाएको छ।

- Advertisement -
Ad imageAd image

प्रहरीका अनुसार घाइते एक जनालाई उपचारका लागि हेटौंडा र १३ जनालाई भरतपुरतर्फ पठाइएको छ । २० यात्रु सवार बस दुर्घटनाका घाइते सबै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्