एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली बजारमा सुनको भाउ आज पनि बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: