नेपाललाई शुरुवाती सफलता, युएईविरुद्ध ललितले लिए विकेट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – आइसीसी पुरुष विश्वकप डिभिजन लिग– २ अन्तर्गत नेपालका लागि निकै महत्वपूर्ण खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा जारी युएईविरुद्धको खेलमा ललितनारायण राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।

उनले युएईका ओपनर ब्याटर लाक्राको विकेट लिएका छन् । उनले लाक्रालाई बोल्ड गरेका हुन् । आज टस जितेर युएईले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङ गरिरहेको छ । आजको खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण छ ।

आजको खेल जिते नेपाल लिग २ को तेस्रो स्थानमा उक्लिने छ । त्यसैले आजको खेल जितेर नेपाल आइसीसी पुरुष विश्वकपको ग्लोबल क्वालिफयरमा पुग्ने लक्ष्यसहित मैदानमा छ । आजको म्याच लिग २ को यो अन्तिम म्याच पनि हो । लिग २ मा रहेका सातमध्ये पाँच देशले सबै ३६–३६ खेल खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array