आजको मौसम: पाँच प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – देशमा हाल स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले गर्दा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

त्यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा अपराह्नतिर चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: