नेप्सेमा १४.४४ अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ चैत्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं – साताको सुरुवाती दुई कारोबार दिन घटेर मंगलबार एकल अंकको सामान्य वृद्धि भएको नेप्से बुधबार पुनः ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १४.४४ अंकले गिरावट हुँदा १९३८.६२ अंकमा बन्द भएको छ ।

व्यापार बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से ०.७४ प्रतिशतले गिरावट भएको हो । लघुवित्त उपसूचक सर्वाधिक १.८६ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.७८ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम केही वृद्धि भएको छ । मंगलबार करिब १ अर्ब १४ करोडको कारोबार भएको थियो । बुधबार नेप्सेमा २५ हजार ४९१ वटा कारोबारमा ३७ लाख १६ हजार ६८४ कित्ता सूचीकृत धितोपत्र खरिदबिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । जसमध्ये एनआईशी एशिया बैंकको सर्वाधिक १२० करोड ३५ लाखको कारोबार हुँदा सानिमा माइ हाइड्रोपावरको ७ करोड १६ लाख रुपैयाँ र नबिल बैंकको ४ करोड २९ लाखको कारोबरा भएको छ ।

बुधबार बजारमा कुल २१४ कम्पनीको सेयर कारोबार हुँदा १४९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ५१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १४ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा विद्यवासिनी हाइड्रोपावरको सेयरमूल्य ६.४२ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array