बन्चरे डाँडामा फोहोर फाल्नमा रोक लगाउने चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक लगाउने चेतावनी दिइएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफ्नो माग सम्बोधन नभएमा आगामी जेठदेखि फोहोर फाल्नमा रोक लगाउने चेतावनी दिएको हो । 

सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सहरी विकास मन्त्रालय र महानगरपालिकालाई पत्राचारमार्फत उक्त चेतावनी दिएको हो । 

- Advertisement -
Ad image
महानगरपालिका र स्थानीय सरोकारावालाबीच पटक-पटक छलफल भएर सहज भएको फोहोर मैला विसर्जन पुन : रोकिने भए पछि काठमाडौंमा दुर्गन्ध फैलिने सम्भावना बढेको छ । 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्