संयुक्त परमाणु बनाउने अमेरिका, बेलायत र अष्ट्रेलियाको योजना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – अमेरिका, बेलायत र अष्ट्रेलियाले संयुक्त परमाणु पन्डुब्बी बनाउने योजना बनाएका छन् । यो योजना सार्वजनिक भए लगत्तै चीनले यसलाई गलत बाटो भनेको छ ।

एसिया प्रशान्त क्षेत्रमा चीनको प्रभावलाई सीमित गर्नको लागि तीन देशले यो योजना ल्याएको बीबीसीको खबरमा उल्लेख छ ।

तीन देशको सहमति अनुसार अष्ट्रेलियालाई कम्तिमा पनि तीन वटा परमाणु संचालित पन्डुब्बी अमेरिकाले दिनेछ । यो अष्ट्रेलियाको पहिलो परमाणु पन्डुब्बी हुनेछ ।

चीनले भने यो सम्झौताको कडा विरोध गरेको छ । तीन देश बीचको सहमति गलत बाटोमा जाने तयारी भएको चीनको टिप्पणी छ । चीनले तीन देश खतरनाक बाटोमा गएको आरोपसमेत लगाएको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array