नेपाली वस्तुलाई सहज रूपमा बजार दिन प्रधानमन्त्री प्रचण्डको चीनसँग माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वाधारको क्षेत्रमा चीनको लगानी आवश्यक भएको बताए । मंगलबार बिहान नेपाल–चीन बिजनेस फोरमको बैठकमा उनले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको दोहोर्‍याए । नेपालको विकासका लागि चिनियाँ लगानी आवश्यक भएको उनले बताए ।
नेपाली वस्तुलाई सहज रूपमा बजार दिनसमेत उनले माग गरेका छन् । नेपालमा लगानीको सुरक्षामा समस्या नरहेको र लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको समेत बताएका छन् ।
फोरमको बैठकमा भाग लिन आएका चाइना काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेसन ट्रेड (सीसीपीआईटी)का उपाध्यक्ष झान साओनले चीनले ९८ प्रतिशत वस्तुलाई भन्साररहित बजार प्रवेश दिइएको बताए । चियालगायत वस्तुको निर्यात बढ्न सक्ने उनले बताए । नेपालमा भएको वैदेशिक लगानीमा चीन पहिलो रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

Array