काठमाडौँ – राष्ट्रिय तथ्याङ्क कार्यालयले लामो समयपछि प्रमुख तथ्याङ्क अधिकारी पाएको छ । साबिक केन्द्रीय तथ्याङ्क विभागको स्तरोन्नतिबाट मन्त्रालयस्तरको कार्यालय भई सचिवको दरबन्दी कायम गरिएसँगै नेपालको पहिलो प्रमुख तथ्याङ्क अधिकारीको रूपमा सचिव राम प्रसाद थपलियाले जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थपलियाले सोमबार पद बहाली गरेका हुन् ।
तथ्याङ्क ऐन २०७९ को कार्यान्वयनसँगै केन्द्रीय तथ्याङ्क विभागबाट ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’रूपान्तरण भएको निकाय राष्ट्रिय योजना आयोग मातहतबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत पुर्याइएको थियो।


प्रतिक्रिया दिनुहोस्