ए डिभिजन लिग फुटबल: आज तीन खेल हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्।

मंगलबार चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लबबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा साढे २ बजे हुँदैछ। फ्रेन्डस् क्लब र जावलाखेल युथ क्लबबीच सोही समयमा दशरथ रंगशालामा खेल हुँदैछ।

तेस्रो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीचको प्रतिस्पर्धा साढे ५ बजे दशरथ रंगशालामा खेल हुनेछ।

९ अङ्कसहित चर्च ब्वाइज तालिकाको शीर्ष स्थानमा छ। चार अङ्क मात्र जोड्न सकेको सङ्कटा तालिकाको आठौं स्थानमा छ।

फ्रेन्डस क्लब १२ औं स्थानमा छ भने सात अङ्क बनाएको जावलाखेल तालिकाको तेस्रो स्थानमा छ। मछिन्द्रले भने एक अंक मात्र जोडेको छ। नेपाल पुलिस क्लब अंक बिहीन छ।

प्रतिक्रिया दिनुहोस्

Array