शीतलनिवासबाट बिदा भइन् विद्यादेवी भण्डारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ फाल्गुन २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो दुई कार्यकाल पूरा गरी शीतलनिवासबाट बिदा भएकी छन् ।

सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारी शीतलनिवासबाट बिदा भएकी हुन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका तर्फबाट उपहार प्रदान गरे । राष्ट्रपति पौडेलले गाडीनजिकै पुगेर बिदाइ गरे ।

- Advertisement -
Ad image

निजी निवासमा मर्मतको काम बाँकी रहेकाले तत्कालका लागि भण्डारी काठमाडौंको महाराजगन्जस्थित छोरीको घरमा बस्नेछिन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्