नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयतको शपथ लिएका छन् । उनले सोमबार मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा शपथ लिएका हुन् ।

पौडेललाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराए । काठमाडौंको महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा शपथ समारोह आयोजना गरिएको थियो । पौडेल अब पाँच वर्षका लागि शीतलनिवासमै बस्नेछन् ।

- Advertisement -
Ad imageAd image
यही फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा पौडेलले नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए । संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेम्वाङले प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मतभार पाएका थिए ।

यसैबीच, राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरी विद्यादेवी भण्डारी आजै शीतलनिवासबाट महाराजगन्जस्थित छोरीको निवासमा सर्दै छिन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्