काठमाडौँ – उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका चारजनाकै उम्मेदवारी कायम भएको छ । उम्मेदवारी फिर्ताको समयमा कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि चारैजनाको उम्मेदवारी कायम रहेको हो ।
उपराष्ट्रपतिमा जसपाबाट नेतृ प्रमीला यादव र नेता राम सहायप्रसाद यादवको उम्मेदवारी परेको छ । यस्तै, नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् भने जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्