आईसीसी विश्वकप लिग–२: यूएईलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाअन्तर्गत आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध कीर्तिमानी जित निकाल्दै नेपालले आउँदो चार वर्षका लागि एकदिवसीय मान्यता कायम राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई १७७ रनले हराएको हो । यूएईविरुद्धको जित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मकै फराकिलो जित हो ।

नेपालले यसअघि सन् २०२१ मा पपुवा न्युगिनी (पीएनजी)लाई १५१ रनले हराएको थियो । त्यो नै अहिलेसम्मको फराकिलो जित थियो ।

आइतबार नेपालले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरमा ७१ रनमै समेटियो ।

त्यसअघि, कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ सबै विकेट गुमाएर २४८ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array