अर्थतन्त्रको बाह्य क्षेत्र सुधार, माघमा १ खर्ब रेमिट्यान्स भित्रियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ फाल्गुन २०७९, आईतवार
3 Min Read
Aa

काठमाडौं–
सरकारले आयातमा लगाएको प्रतिबन्धले अर्थतन्त्रको बाह्य क्षेत्रमा केहि सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्यांकानुसार शोधनान्तर एक खर्ब ३३ अर्ब रुपैयाँले बचतमा रहेको उल्लेख छ । गत आर्थिक वर्षको सात महिनामा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब रुपैयाँले घाटामा थियो ।
सरकारले एक वर्षदेखि गरेको आयात प्रतिबन्ध पुसदेखि लागु हुने गरी हटाएको थियो । आयात घटेको तथा रेमिट्यान्स बढेका कारण विदेशी सञ्चिति बढेकाले कारण बाह्य क्षेत्रमा सुधार देखिएको बताइएको छ । राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म १० अर्ब ५० करोड अमेरिकी डलर विदेशी सञ्चिति छ । असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर विदेशी सञ्चिति थियो ।

शोधनान्तरमा भएको बचत तथा विदेशी मुद्राको सञ्चिति बढेका कारण बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको देखिएको छ । यसले आउँदो दिनमा कर्जाको ब्याजदर घट्ने संकेत देखिएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकामा ०७९ माघ मसान्तमा १६।२ प्रतिशतले वृद्धि भई १२ खर्ब २८ अर्ब पाँच करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था ९राष्ट्र बैंकबाहेक०सँग रहेको विदेशी विनिमय सञ्चिति ०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकामा ०७९ माघ मसान्तमा २.६ प्रतिशतले कमी आई एक खर्ब ५५ अर्ब २८ करोड कायम भएको छ । ०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत छ ।

- Advertisement -
Ad image

आर्थिक वर्ष २०७९र८० को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । ०७९ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २८.५ प्रतिशत, ७८.३ प्रतिशत र २४.० प्रतिशत रहेका छन् । ०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत थिए ।आर्थिक वर्ष २०७९र८० को सात महिनामा कुल वस्तु निर्यात २९.० प्रतिशतले कमी आई ९३ अर्ब ४३ करोड कायम भएको छ । आर्थिक वर्ष २०७९र८० को सात महिनामा कुल वस्तु आयात १९.९ प्रतिशतले कमी आई ९१९ अर्ब १७ करोड कायम भएको छ ।

यस्तै नेपालमा पछिल्लो एक महिना (माघ) महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । चालु आर्थिक वर्षको ७ महिना (साउन–माघ)सम्म भने यस्तो रकम ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले बढेर ६ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा हुने विप्रेषण आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: