काठमाडौं – उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उमेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । आजै उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । आज उमेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
यसअघि उपराष्ट्रपतिको निर्वाचनका लागि हिजो उमेदवारको मनोनयन दर्ता गरिएको थियो । हिजो नै उमेदवारविरुद्ध उजुरी दिने निर्वाचन कार्यतालिका थियो ।
रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टीबाट उपराष्ट्रपति पदकी उमेदवार ममता झाले पनि उजुरी दिएकी छन् । झाले राष्ट्रपति खस आर्य पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला उमेदवार हुनुपर्ने भन्दै जनता समाजवादी पार्टीका उमेदवार यादवविरुद्ध उजुरी दिएकी हुन् ।
यादवसँगै जनता समाजवादी पार्टी नेपालबाटै प्रमिला यादवको उमेदवारी परेको छ । रष्ट्रिय जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यको पनि उमेदवारी परेको छ ।
उपराष्ट्रपचि चउनका लागि चैत ३ गते मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्