आजको मौसम: पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले यतिवेला देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा   चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।  राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली  रहनेछ।

सोमबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहने महाशाखाले जनाएको छ । आगामी केही दिन  देशका पहाडी भू-भागमा  चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array