उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी; उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध उजूरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएपछि विरुद्धमा निर्वाचन आयोगमा उजूरी परेको छ।
नेकपा एमालेबाट उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यका तर्फबाट एमाले नेता महेश बर्तौलाले शनिबार नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजूरी दर्ता गरेका आयोगले जनाएको छ। उजूरीमा यादव उपराष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य रहेको उल्लेख छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनमा राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था रहेको हुँदा राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकोले यादव उम्मेदवार बन्न अयोग्य रहेको उजूरीमा दाबी गरिएको छ।
दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको हो। जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको हो।

प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिस सुमन छन्।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्