नेकपा एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको उमेदवारी दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेले उपराष्ट्रपति पदका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उमेदवारी दर्ता गराएको छ । निर्वाचन कार्यतालिका अनुसार शाक्यले एमालेका तर्फबाट आज उपराष्ट्रपति पदमा उमेदवारी दर्ता गराएकी हुन् ।

शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ रहेका छन् । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश वर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिमाल छन् ।

- Advertisement -
Ad image
आज बिहान बसेको एमालेको सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको थियो ।

निर्वाचन कार्यतालिका अनुसार आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।

२८ गते उजुरीउपर जाँचबुझ पछि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । २८ गते नै उमेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको कार्यतालिकामा उल्लेख छ ।

चैत ३ गते मतदान हुनेछ । मतदान बिहान १० दखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्