एमाले सचिवालय बैठक बस्दै: उपराष्ट्रपति उम्मेदवार तय गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले)ले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार सचिवालय बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने छ।

निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजेदेखि सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको हो।

- Advertisement -
Ad imageAd image
सत्ता गठबन्धनका उम्मेदवारले जित्ने निश्चित भएपछि एमालेले उम्मेदवार चयनका लागि समेत ढिलाइ गरेको हो। यसअघि राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्