आजको मौसम: कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।

- Advertisement -
Ad imageAd image
त्यसैगरी आइतबार पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्