उपराष्ट्रपति निर्वाचन: आज मनोनयन दर्तादेखि उम्मेदवारको सूची प्रकाशनसम्म

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ।

जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार शनिबार उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयनको समय छुटयाएको छ।

- Advertisement -
Ad imageAd image
शनिबार बिहान ९ बजे देखी २ बजेसम्मका लागि उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्नका लागि समय तालिका छुटयाएको हो।

आयोगका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित निर्वाचन कार्यालयमा गएर उम्मेदवार मनोनयन गर्नुपर्नेछ।

यसैगरी आज उपराष्ट्रपति पदमा मनोनयन पत्र दर्ता भएको सूचना जारी गर्नेदेखि उम्मेदवारको नाम सार्वजनिक गर्ने दाबी विरोध गर्नेसम्मको कार्यतालिका निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्