काठमाडौं – सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्धको मुद्दालाई अग्राधिकार दिएको छ। प्रचण्डविरुद्धकाे मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रचण्डका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले खबरहबलाई बताए। हाल प्रधानमन्त्री रहेका माओवादी अध्यक्ष प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा दिएको सार्वजनिक अभिव्यक्तिमा द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिने भनेको विषयलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायत २९ जनाका तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो।


प्रतिक्रिया दिनुहोस्