जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिको उम्मेदवार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – सत्ता गठबन्धनले उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) लाई दिने सहमति गरेपनि गठबन्धनभित्रकै अन्य दलबाट पनि दाबी आउनेक्रम जारी छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उठाउने भनेपनि उनको उमेर नपुग्ने भएपछि गठबन्धनमा छलफल गर्ने निर्णयमा पुगेको छ ।

- Advertisement -
Ad imageAd image
जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ । तर, निर्वाचन आयोगले खस आर्य समुदायबाट महिला र अन्य समुदायका पुरुषलाई पनि उमेदवार नबनाउने गरी विज्ञप्ति जारी गरेपछि अन्योल बढेको छ ।

यही बेला जनमत पार्टीले पनि आफ्नो दाबी सार्वजनिक गरेको छ । जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानीमन्त्री अब्दुल खानले जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उमेदवार बनाउने तयारी गरेको जानकारी दिए ।

यद्यपी, पार्टीले औपचारिक निर्णय भने गरी नसकेको उनले बतए । सत्ता गठबन्धनमा भने उपराष्ट्रपति उमेदवारका विषयमा छलफल भएको छैन । उपराष्ट्रपतिको मनोनयन दर्ता भोलि हुँदै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्