नेपाल प्रहरीमा पाँच डिआइजी एआइजी बढुवामा सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ फाल्गुन २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ एआइजीमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरेको हो ।

बढुवाका लागि वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जारी गरेको सूचनामा उल्लेख छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्