काठमाडौँ – संयुक्त दलित मोर्चा सिरहाले दलित समुदायलाई अपमानित हुने व्यवहार गरेका भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेको छ ।
मोर्चाले आज सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाउँदै जातीय छुवाछूत गरेका गाउँपालिका अध्यक्ष यादवलाई कानूनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको हो ।
भोजमा पूर्वमन्त्री, बहालवाला प्रदेशमन्त्री, संघीय तथा प्रदेश सांसद, जिल्लाका प्रमुख प्रशासकहरू जस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सहभागिताले झन् जातीय विभेदलाई संस्थागत गरेको मोर्चाको ठहर छ ।
दलितहरुमाथि भएको जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी दायरामा ल्याएर कारबाही नगरे दलित समुदाय सशक्त आन्दालेनमा उत्रिने पनि मोर्चाले ज्ञानपनपत्रमार्फत चेतावनी दिएको छ ।
यता प्रमुख जिल्ला अधिकारी खतिवडाले ज्ञापन पत्र आएको र कानूनी प्रक्रिया अनुसार अगाडी बढ्ने बताए । उनले भने, ‘आज मोर्चाले ज्ञापनपत्र बुझाएको छ, अव सम्बन्धित निकाय मार्फत कानूनी प्रक्रिया अगाडी बढ्छ ।’


प्रतिक्रिया दिनुहोस्