राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् ।

- Advertisement -
Ad image
उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए । पौडेललाई आठ दलीय गठबन्धनको साथ थियो ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्