राष्ट्रपति निर्वाचनमा राप्रपा सहभागी नहुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – आज हुने राष्ट्रपनि निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले भाग नलिने भएको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन प्रक्रियामा भाग नलिने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए र

राप्रपासँग संघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा १४ सांसद छन् । यस्तै, प्रदेश सभामा पार्टीबाट २८ सांसद छन् ।

- Advertisement -
Ad imageAd image
“राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आज हुने हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने, तटस्थ बस्ने सर्वसम्मत निर्णय गरेको छ,” श्रेष्ठले भने ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिका दुवै उमेदवारबाट निष्पक्ष  र राष्ट्रको अविभावकीय भूमिका निर्वाह नहुने देखेपछि तटस्थ बस्न निर्णय गरेको बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्