काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दामा परेपछि सर्वोच्च अदालतको भूमिका सकारात्मक हुने टिप्पणी गरेका छन् ।
मङ्गलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको आठ दलीय गठबन्धनको बैठकपछि बोल्दै उनले अदालतमा रिट पर्नु स्वभाविक भएको भन्दै सर्वोच्चको भूमिका सकारात्मक हुने विश्वास व्यक्त गरेका हुन् ।
‘द्वन्द्वको बेलामा भएका घटनाहरू सङ्क्रमणकालीन न्याय ढङ्गले निरूपण गर्नुपर्छ । हाम्रो पनि कमजोरी भएको छु, उनले भने,’रेगुलर कोर्टबाट होइन, सङ्क्रमणकालीन न्यायबाटै गर्नुपर्छ । ऐन बनाउन विधेयकहरू तत्काल संसदमा पेस गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्