इराकमा बम विस्फोट हुँदा पाँच जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – इराकमा सोमबार राति भएको बम विस्फोटमा परेर पाँचजनाको ज्यान गएको र अरु केही घाइते भएको बताइएको छ । इराकको पूर्वी प्रान्त दियालामा सो बम विस्फोट भएको यहाँको सुरक्षा स्रोतले जानकारी दिएको छ । सो विस्फोटमा परेर पाँचजनाको ज्यान गएको र अरु चारजना घाइते भएका छन् ।

दियाला प्रान्तीय प्रहरीका मेजर अला अल– साउदीले दिएको जानकारीअनुसार दियालाको माक्दियान नगरको एक सडकमा बम राखिएको थियो । सडक किनारामा कुनै अज्ञात समूहले बम राखेको र सो बम विस्फोट हुँदा गुडिरहेको कारमा रहेका पाँच जना सर्वसाधारणको ज्यान गएको हो ।

सो सडक भएर हिडिरहेका बटुवा चारजना घाइते भएको पनि उनले जानकारी दिए । यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

इराकी प्रहरीले यस विषयमा अनुसन्धान थालेको जनाएको छ । पछिल्लो समयमा इराकमा इस्लामिक स्टेट्स समूह यस्ता आतंककारी आक्रमणहरुमा संलग्न रही आएकाले प्रहरीले सोही समूहले यो बम विस्फोट गराएको अनुमान गरेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

Array