काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका कार्यालयहरूलाई स्वदेशी उत्पादनको उपभोग गर्न परिपत्र गरेको छ । मन्त्रालयले सबै संस्थान र विभागलाई स्वदेशी उत्पादन प्रयोग गर्न भनेको हो ।
उद्योग मन्त्रालयले एक परिपत्र जारी गर्दै भनेको छ, ‘फागुन १२ गते सचिवको संयोजकमा बसेको ६४ औँ केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकको निर्णयले सबै सरकारी निकायले सम्भव भएसम्म नेपाली वस्तु प्रयोग गर्ने प्रबन्ध मिलाउने उल्लेख गरेकाले सो बमोजिमको निर्णय कार्यान्वयनको लागि अनुरोध छ ।’


प्रतिक्रिया दिनुहोस्