प्रधानमन्त्री प्रचण्डविरूद्ध सर्वोच्चमा रिट दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर मंगलबार बिहान सर्वोच्चमा प्रचण्डविरुद्ध रिट दायर गरेका हुन्।

- Advertisement -
Ad imageAd image
सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले रिट ०७९ Wo-९४७ नम्बरमा दर्ता भएको र भोलि नै पेशी तोकिएको जानकारी दिएका छन्।

गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।

प्रचण्डलाई पक्राउ गरी फौजदारी अभियोगमा छानबिन गरी कारवाही हुनुपर्ने आदेश माग गर्दै रिट परेको हो।

१ माघ २०७६ मा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले युद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्‍मा आफूले लिनसक्ने भाषण गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्