बृहत् शान्ति सम्झौताविरुद्धका गतिविधि जारी रहे प्रतिवादमा उत्रिने चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले बृहत् शान्ति सम्झौता विरुद्धको हर्कत जारी रहे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ।

मङ्गलवार एक विज्ञप्ति जारी गर्दै मोर्चाले यस्तो चेतावनी दिएको हो। केही दिनयता जनयुद्धलाई अपराधीकरण गर्दै नागरिकको अधिकार कुण्ठित गर्न खोजेको मोर्चाको आरोप छ।

- Advertisement -
Ad imageAd image
मोर्चाका संयोजक सूर्यमान दोङ लालध्वजद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको युगमा ल्याई पु¥याउने महान् जनयुद्धलाई गर्ववोध गर्नुको साटो ‘अपराधीकरण’गर्न खोज्ने दुस्साहस भइरहेको छ। जनयुद्धलाई अपराधीकरण गर्न खोज्ने प्रतिगामीहरूले मुलुकलाई फेरि अँध्यारो सुरुङतर्फ धकेल्न खोजेका छन्, यस्तो प्रतिगामी कदमको डटेर सामना गर्न आम जनसमुदायमा विशेष अपिल गर्दछौँ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुख्य निशाना बनाई प्राप्त उपलब्धिलाई उल्ट्याउने गरी भइरहेको षड्यन्त्र र जालझेल आफूहरूलाई स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख छ।

‘राजतन्त्रको अँध्यारो युगमा नागरिकलाई रैती बनाएर नागरिकको अधिकार कुण्ठित गरेकाहरू अहिले सलबलाएका छन् भन्ने हाम्रो निष्कर्ष छ’ विज्ञप्तिको अन्तिममा लेखिएको छ, ‘बृहत् शान्ति सम्झौताको विरुद्धका हर्कतहरु जारी रहे कडा सङ्घर्षका कार्यक्रमहरू घोषणा गरी प्रतिवादमा उत्रिने चेतावनी दिन चाहन्छौँ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्