काठमाडौँ – ट्विटरका प्रमुख एलन मस्कले आइतबार माइक्रोब्लगिङ प्लेटफर्ममा प्रयोगकर्ताहरूले १० हजार क्यारेक्टर वा अक्षरको ‘लामो ट्वीट’ गर्न सक्ने पुष्टि गरेका छन् । एक प्रयोगकर्ताको प्रश्नको जवाफ दिँदै मस्कले यो सुविधा चाँडै कुनै निश्चित समय रेखा नदिई रोल आउट हुने बताएका छन् ।
युट्युब र ट्विटर प्रयोगकर्ता दिप्राइमएजनले मस्कलाई सोधेपछि यो घोषणा गरिएको हो। ’डेभ समुदाय र म सोचिरहेका थियौँ कि तपाईँले ट्वीटमा कोड ब्लकहरू थप्न सक्नुहुन्छ ?’ यसको जवाफमा मस्कले भनेका छन्, ‘एट्याचमेन्टको रूपमा? कति अक्षर ? हामी चाँडै लङ्गफर्म ट्वीटहरू १० हजार अक्षरमा विस्तार गर्दैछौं ।’
तर, मस्कले यो सुविधा ब्लु सदस्यता भएकाहरूलाई मात्रै उपलब्ध हुन्छ कि सबैका लागि उपलब्ध हुन्छ भन्ने पुष्टि गरेका छन् । शङ्का छ कि यो ब्लु सदस्यता भएकाहरूका लागि मात्रै उपलब्ध हुनसक्छ । माइक्रोब्लगिङ प्लेटफर्मले पहिलो पटक सन् २०१७ मा १४० अक्षरको ट्वीट २४० अक्षरको बनाउँदै सीमा थपेको थियो ।
प्रतिक्रिया दिनुहोस्