आजको मौसम: तीनवटा प्रदेशमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । दिउँसो र राति केही भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array