काठमाडौँ – सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
चैत ८ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार फागुन २६ गते सङ्घ/सङ्गठन दर्ताको समय तोकिएको छ । २८ फागुनमा मतदाता सूची प्रकाशित गर्ने, उम्मेदवारी दर्ताको समय १ चैतमा तोकिएको छ ।
चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि मोन अवधि सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्