काठमाडौं – एएफसी यू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ ।
प्यालेस्टाइनमा हुने छनोटका लागि आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमका बीच नेपाली टिमको बिदाइ गरिएको हो । नेपाल छनोटको समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।
नेपालले मार्च आठमा घरेलु टिम प्यालेस्टाइनविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । मार्च १० मा नेपालले नर्दन मारियाना टापुको सामना गर्नेछ । र, मार्च १२ मा नेपालले पहिलो चरण छनोटको अन्तिममा यूएईविरुद्ध खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टिमले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ ।
नेपाली टिम
गोलकिपर : कविता विक, सावित्री किसन, लिला जोशी
रक्षक : सविना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली मचामसी, सरस्वती हमाल, दीपा शाही
फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दीपा भोलन


प्रतिक्रिया दिनुहोस्