सुदूरपश्चिम सरकारको पक्षमा मतदान गर्न प्रधानमन्त्री प्रचण्डको पार्टी नेतालाई निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारका पक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रचण्ड निकट स्रोतले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई आज विश्वासको मत दिन सांसदहरुलाई निर्देशन दिइएको छ ।

- Advertisement -
Ad imageAd image
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

कांग्रेस र माओवादी केन्द्रका छुट्टाछुट्टै संसदीय दलको बैठक अहिले ११ बजेका लागि बोलाइएको छ ।

उक्त बैठकले निर्णय गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

यसअघि शनिबार बसेको माओवादी संसदीय दलको बैठकले अहिलेकै अवस्थामा कांग्रेस नेतृत्वलाई मतदान गर्न नसकिने जनाएको थियो ।

कांग्रेसले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग पनि कुराकानी गरेको स्रोतले जानकारी दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्