नेकपा एकीकृत समाजवादीका नेता एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाई सरोजकुमार उपाध्यायको काठमाडौंको शंखमूलस्थित बबिन्स क्याफेको छैठौं तलाबाट खसेर निधन भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले घट्नाको पुष्टी गरे ।
रूफटपमा एक्लै बसेका उनी दिउँसो सवा २ बजे तल खसेका थिए । एक्कासी ठूलो आवाज आएपछि क्याफेका कर्मचारी तथा सञ्चालकले हेर्दा उनी खसेको देखेका थिए। घट्नाको सामान्य प्रकृति हेर्दा आत्महत्या गरेको जस्तो देखिन्छ ।
कसरी खसे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
खसेर गम्भीर घाइते भएका उनलाई पहिले सिभिल अस्पताल र त्यसपछि थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनलाई साढे ५ बजे मृत घोषणा गरिएको थियो ।
उनी पछिल्लो तीन दिनदेखि उक्त क्याफेमा थिए।


प्रतिक्रिया दिनुहोस्