अमेरिकाको व्यवहार विश्वसनीय छैन : रूस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

अमेरिकी विदेश मन्त्रालयले जनाए  अनुसार अमेरिकाले रुसलाई युक्रेन बिरुद्धको विशेष सैन्य कारबाही अन्त्य गर्न र अर्थपूर्ण कूटनीतिमा संलग्न हुन साथै नयाँ रणनीतिक हतियार कटौती सन्धि कार्यान्वयनमा फर्कन र जेलमा बन्दी रहेका पूर्व अमेरिकी मरीन पल व्हेलनलाई रिहा गर्न आग्रह रुसले अस्वीकार गरेको छ  ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी-२० देशका विदेशमन्त्रीहरूको बैठकमा रसियन समकक्षी सर्गेई लाभरोभसँग भएको  संक्षिप्त भेटवार्तामा उक्त आग्रह गरेका थिए  । तर रुसी पक्षले अमेरिकाको व्यवहार विश्वसनीय नभएको भन्दै अमेरिकी आग्रह स्वीकार्न अफ्ठेरो भएको बताएको तास समाचार एजेन्सीले जनाएको छ ।

रुस-युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी भएको बताइएको थियो  । वार्ता करिब १० मिनेटसम्म चलेको थियो  ।

प्रतिक्रिया दिनुहोस्

Array