दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै शुरु गरिएको भनिएपनि धेरै माग आर्थिक देखिन्छ ।
झापामा पूर्व राजा ज्ञानेन्द्र शाह लाई राखेर शुरु गरिएको आन्दोलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यवद्धता जनाउदै आन्दोलनमा सहभागि हुन आफ्ना कार्यकर्तालाई अनुरोध गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।
महाअभियानले बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ । ५ प्रतिशत ब्याजमा ऋण पाउनु पर्ने माग पनि प्रसाईँको छ ।




प्रतिक्रिया दिनुहोस्