विश्वकप लिग-२ : पपुवा न्यूगिनीलाई ३ विकेटले हराउँदै नेपाल विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० फाल्गुन २०७९, शनिबार
3 Min Read
Aa

काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनि(पीएनजी)लाई पराजित गरेको छ ।

नेपालका लागि ओपनर आसिफ शेख तथा सन्दीप लामिछानेले कीर्तिमानी साझेदारी गरेपछि पीएनजी ३ विकेटले पराजित भएको हो ।

- Advertisement -
Ad imageAd image

सन्दीप र आसिफले आठौं विकेटका लागि ७७ रनको अविजित साझेदारी गरेका थिए ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पीएनजीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभर ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय ३० बलमा अविजित ८६ रन बनाए । शेखले २ चौका र १ छक्का प्रहार गरे । सन्दीप लामिछानेले ५० बलमा अविजित ३५ रन बनाए ।

शेख र सन्दीपबीचमा आठौं विकेटका लागि अविजित ७७ रनको साझेदारी भयो ।

कुशल मल्लले २६ बलमा २३ रन बनाए । पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले ज्ञानेन्द्र मल्ल ६ रनमा आउट भए ।

आजको खेलमा मौका पाएका भिम सार्कीले ८ रन मात्र बनाउँदा कप्तान रोहित पौडेल र आरिफ शेखले समान १र१ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले ८ रन बनाए । अलराउन्डर कुशल मल्ल २३ रनमा आउट भएका थिए ।

पीएनजीका लागि असद भालाले १० ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए ।

सिमो कमया र सेसे बाउले समान २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा अलआउट हुदै १ सय ७९ रन बनायो ।

पीएनजीका लागि टोनी उराले ३९ रनको सर्वाधिक ठूलो ईनिङ खेले । हिरी हिरी २९ रनमा आउट हुँदा किप्लीन डोरीगाले २६ रन बनाए ।

गौडी टोकाले १५ रन बनाउँदा नर्मन भानुवाले १४ रन बनाए । सेसे बाउ र कप्तान असद भालाले समान ११/११ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ तथा कुशल मल्ल,सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट लिए ।

दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ३० रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए ।

कुशल मल्लले १० ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए । करण केसीले ८ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए ।

सन्दीप लामिछाने ९ दशमलब २ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए ।

पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो।

नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोलीसँग खेल्नेछ ।

जितसँगै नेपालको ३१ खेलमा १४ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ । नेपालको ३० अंक भएको छ ।

पीएनजीको ३१ खेलमा ३ मा जित र २७ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ । पीएनजीको ७ अंक रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्