गायक निमा शेर्पा तेस्रो नाट्यश्वर म्युजिक अवार्डबाट सम्मानित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ- गायक निमा शेर्पाले तेस्रो नाट्यश्वर म्युजिक अवार्ड हात पारेका छन् ।

काठमाडौँमा सम्पन्न अवार्ड समारोहमा गायक शेर्पाले दोस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७९ मा सर्वोत्कृष्ट आधुनिक गायक जुरी च्वाईसको अवार्ड जित्न सफल भएका हुन् ।

विगत लामो समयदेखि गीत संगीतको क्षेत्रमा संघर्षरत दोलखा जिरीका गायक शेर्पाले रेशमैको डोरी बोलको गीतबाट उक्त अवार्ड हात पारेका हुन् ।

रेशमैको डोरीले राम्रो सफलता पाएसँगै गीत संगीतमा लाग्न हौसिएका गायक शेर्पाको न त आकाशको जुन हुँ बोलको गीत बजारमा आउने क्रममा रहेको छ । गायक शेर्पा पेशाले व्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array