गिरिजा प्रसाद कोइराला फाउण्डेशनद्वारा कोशी प्रदेश र मोरंग जिल्ला संयोजक मनोनयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

गिरिजा प्रसाद कोइराला फाउण्डेशनले कोशी प्रदेश संयोजक र मोरंग जिल्ला संयोजक मनोनयन गरेको छ |

पूर्व प्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोइरालाको नाममा “लोकतन्त्र, शान्ति र विकास” मूलमन्त्र राखेर खोलिएको र संचालनमा रहेको फाउण्डेशनको अध्यक्ष सुजाता कोइराला रहेकी छन् |

- Advertisement -
Ad imageAd image

२०७९/९/१ को निर्णय अनुसार २०७९/११/ १८ मा जारि गरिएको पत्रअनुसार राजेश कुमार गुप्तालाई कोशी प्रदेश संयोजक र बेदमणि घिमिरेलाई मोरंग संयोजकमा २ बर्षका लागि मनोनयन गरिएको छ |

बिराटनगर १५ निवाशी राजेश कुमार गुप्ता कांग्रेश कोशी प्रदेशका कोषाध्यक्ष समेत हुन् त्यस्तै मोरंग रङ्गेली नगरपालिका ७ निवासी बेदमणि घिमिरे कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि हुन्।|

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्